विराटनगर : नेकपा माओवादी केन्द्रले सुरु गरेको तीन महिने रुपान्तरण अभियानका क्रममा सुनसरीको इनरुवामा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।
आइतबार २०७९ मंसिरको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार मोहमद जलिल साफीलगायतका दर्जनौं नेता विभिन्न पार्टी परित्या गरेर माओवादी केन्द्रमा प्रवेश गरेको हुन् ।
उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवन आचार्यले पार्टी प्रवेश गराएका हुन् । अभियानका लागि आचार्य इनरुवा र रामधुनी नगरपालिकामा खटिएका छन् ।
अभियानका क्रममा केही समययता नेता आचार्यले टोल बस्तीहरुमा भेला राख्ने, सामाजिक समस्याहरुका बारेमा जानकारी लिने र समाधानका लागि पहल गर्ने, नेकपा माओवादी केन्द्रले गरेको काम र सरकारको नेतृत्वबाट अहिले भइरहेको भ्रष्टाचारविरुद्धको अभियान आदिका बारेमा जानकारी गराउँदै संगठन विस्तारमा जोड दिइरहेका छन् ।