Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मोरङको १० औँ अधिवेशन पुस २७ र २८ गते हुने



विराटनगर : नेकपा एमाले मोरङको १० औँ अधिवेशन आगामी पुस २७ र २८ गते हुने भएको छ ।

एमाले मोरङकोे आठौँ पूर्ण बैठकले पुस २७ र २८ मा अधिवेशन गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार जिल्ला अधिवेशन सम्पन्न भएपछि १७ वटै पालिका कमिटीको अधिवेशन हुनेछन् ।

यस्तै आगामी असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्कीको संयोजकत्वमा प्रदेश प्रतिनिधि संयोजन र व्यवस्थापन समिति गठन भएको छ । उक्त समितिले जिल्लाभरीबाट प्रतिनिधि छनौटका लागि समन्वय र सहजीकरण गर्ने अध्यक्ष पोखरेलले बताए ।

प्रदेश अधिवेशनका लागि मोरङबाट १७८ जना प्रतिनिधि छनौट हुनेछन् । प्रतिनिधि छनौट गर्दा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागीता हुनुपर्नेछ । युवाको सहभागीलाई पनि जोड दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार