विराटनगर । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा सरकार जोगाउनका लागि नभएको बताएका छन् ।
विराटनगरमा अहिले जारी समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले समाजवादी मोर्चा सरकार जोगाउन नभएर समाजवादको मिसन पूरा गर्ने गठन भएको बताए । उनले बामपन्थी विचार भएका शक्ति मिल्दा देशलाई हित हुने भएकाले मोर्चाको निमार्ण गरेको बताए । उनले देश दुई ठूला देशको बिचमा रहेकाले देशको अवस्था जटिल रहेको भन्दै विदेशी प्रोजेक्टहरु देशलाई हितहुने भएमात्र कार्यन्वयन गर्ने बताए । उनले भने ‘ हामी देशलाई अहित हुने कुनै प्रोजेक्ट कार्यान्वयनको पक्षमा छैनौ, चाहे त्यो एमसिसि नै किन नहोस्¬ ।’ एमसिसिको व्यख्यात्मक टिप्पणी गरेर नेपालको पक्षमा पारेको उनको जिकिर थियो ।
उनले देशको व्यवस्था बद्लिएको तर नागरिकको अवस्था नबदलिएको भन्दै अवस्था बदल्नका लागि आफुहरु एकजुट भएको बताए । उनले समाजमा व्यप्त विभेदको अन्त्य गर्दै मानिसमा आशाको सञ्चारका लागि परेको बताउँदै अब निराश हुनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।