विराटनगर । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अवको मिसन समाजवाद भएको बताएका छन् ।
विराटनगरमा अहिले जारी समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले समाजवादको मिसन पूरा गर्न समाजवादी मोर्चाको ठगन भएको बताए । उनले देशको व्यवस्था बद्लिएको तर नागरिकको अवस्था नबदलिएको भन्दै अवस्था बदल्नका लागि आफुहरु एकजुट भएको बताए । उनले समाजमा व्यप्त विभेदको अन्त्य गर्दै मानिसमा आशाको सञ्चारका लागि परेको बताउँदै अब निराश हुनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।