विराटनगर । विराटनगरमा सुरु भएको समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेकपामा अध्यक्ष नेत्रविक्रम चन्दले नयाँ परिस्थिती अनुसार आन्दोलन गर्न समावादी मोर्चाको आवश्यता भएको बताएका छन् ।
उनले चारओटा पाटीका सबै कुरा नमिल्ने भएकाले टुक्रा टुक्रा हुँदा समस्याको समाधान नहुने भएकाले मोर्चाको आवश्यकता भएको बताए । अहिलेको व्यवस्थाले जनताका इच्छा र चाहना पूरा गर्न नसकेकाले व्यवस्था परिवर्तनका लागि नयाँ परिस्थिती अनुसारको अन्दोलनको आवश्यकता रहेको उनको भनाइ छ । अहिलेको व्यवस्था पूर्ण नभएकाले यसलाई पूर्ण बनाउँन मोर्चाबन्दी गरेर अन्दोलन गनुपर्ने अवस्था आएको उनको तर्क थियो ।
विराटनगरको मनास्लु होटलमा सुरु भएको सभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।
मोर्चा बिच कोशी लेख्ने नलेख्ने विषयमा विवाद भएपछि कोशी प्रदेशको नाम विनाकै व्यानर राखेर कार्याक्रम भइरहेको छ ।