Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा, भाेली सुनुवाइ हुने



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ ।
सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सोमबारको सुनुवाइको क्रममा सो रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो । अब मुद्दाको सुनुवाइ भोलि हुनेछ ।
आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
रिट निवेदनको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीहरूका तर्फबाट सुरुमा संवैधानिक इजलासको माग भएकामा न्यायाधीशद्वय मल्ल र माथेमाले पूर्ण इजलासमा निरन्तर सुनुवाइबाट टुंग्याउने गरी आदेश दिएका थिए ।
भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश खतिवडाको एकल इजलासले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएकोलाई संविधानसम्मत् नभएको ठहर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार