Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका महिलाले मनाए तीज



विराटनगर : विराटनगरका महिलाहरुले विभिन्न कार्यक्रमको गरी तीज मनाएका छन् । आदर्श महिला मित्रता समाज विराटनगर-५ को आयोजनामा शनिबार महिलाहरुले तीज मनाएका हुन्।

विराटनगरको एक होटलमा भेला भएर उनीहरुले सामूहिक रुपमा दर खाएर तीज पर्व मनाएको हुन् ।

उनीहरुले सामूहिक रुपमा भेला भएर नाचगान समेत गरेका थिए । यो महिला समूहले हरेक वर्ष तीज विशेष कार्यक्रम गर्दै आएको छ ।

नेपालका मौलिक संस्कृतिसँग सम्बन्धित चाडपर्वको महत्वलाई उजागर गर्ने लक्ष्यका साथ तीज मनाइएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार