विराटनगर : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य साधुराम चौलागाई नेकपा एमालेमा प्रवेश गरेका छन् ।
महोत्तरीको बर्दिबासमा आयोजित एक कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन् । चौलागाईंलाई एमालेका पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले पार्टीमा स्वागत गरेका हुन् ।
चौलागाईंसँगै नेकपा एसका र माओवादीका प्रदेश कमिटी सदस्यहरु पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा एसका प्रदेश कमिटी सदस्य कमला वाइवा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जिवछ चौधरीसहितका नेता एमाले प्रवेश गरेका हुन् ।
पछिल्लो समय नेकपा एसबाट एमाले प्रवेश गर्ने नेताहरुको संख्या बढ्दो क्रममा छ ।