Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

केदार न्यौपाने र छक्कबहादुर लामा एमालेको केन्द्रीय सदस्यमा मनोनीत



विराटनगर : नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका दुई जना केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

सोमबार बसेको एमाले सचिवालय बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले फुटाएर बनेको एसमा न्यौपाने तेस्रो बरियताका नेता थिए । केन्द्रीय उपाध्यक्षसमेत रहेका न्यौपाने केही समयअघि एमालेमा प्रवेश गरेका थिए ।

यता, लामा पनि माओवादी परित्याग गरी एमालेमा आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार