Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रेस युनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित



विराटनगर : नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् ।

शुक्रबार विराटनगरमा सम्पन्न निर्वाचनबाट संस्थापन इतर समूहका पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

६७ मत ल्याएर अध्यक्षमा पौडेल निर्वाचित हुँदा उनको प्रतिस्पर्धी सुशिला पाठकले ६१ मत प्राप्त गरिन् ।

युनियनको कार्यसमितिका लागि दुई समूह बनाएर निर्वाचन भएको थियोे । जसमा अधिकांश पद पौडेल समूहले जितेको छ ।

खुल्ला उपाध्यक्षमा पौडेल समूहका प्रशान्त निरौला निर्वाचित हुँदा समावेशी उपाध्यक्षमा सोनुकुमार दास निर्वाचित भएका छन् ।

पौडेलको समूहबाट सचिवमा गोपाल पोखरेल निर्वाचित भएका छन् । सहसचिवमा रस्मिता उदास र कोषाध्यक्षमा राजन पोखरेल निर्वाचित भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार