विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सल्लाहकारमा अविनाश बोहरा चयन भएका छन् । प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा सञ्चालन सम्बन्धी नियमावली २०७३ को दफा २२(ट) अनुसार प्रदेश अध्यक्ष राजेन्द्र राउतले बोहरालाई सल्लाहकारमा मनोनयन गरेका हुन् ।
यस्तै राउतले विभिन्न २२ वटा समितिको सभापति पनि चयन गरेका छन् ।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) का अनुसार कृषि उद्यम केन्द्र प्रदेश समितिमा टिकाराज ढकाल, सदस्यता वितरण समितिमा कुमारमणि पोखरेल, उद्योग वाणिज्य परिषद्मा भीम वहादुर पौडेल, बैंक, वित्तिय, बिमा तथा पूँजी बजार समितिमा सुवास आचार्य, स्वास्थ्य तथा शिप विकास समितिमा राजन श्रेष्ठ, रोजगारदाता समितिमा श्रवण कुमार अग्रवाल, शिक्षा तथा सूचना समितिमा रविन दाहाल चयन भएका छन् ।
यस्तै स्थानीय आर्थिक विकास समितिमा वीरेन्द्रकुमार साह, नीजि तथा साझेदारी समन्वय समितिमा प्रितम खड्गी, कर तथा राजश्व समितिमा देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा भविष श्रेष्ठ, वस्तुगत समन्वय समितिमा दिपक पाण्डे, महिला उद्यमी विकास समिति सभापति श्री सरु के.सी., शहरी विकास समितिमा ऋषिराज तिम्सिना, सामाजिक विकास समितिमा प्रकाश शिवाकोटी र मानव संशाधन समितिमा विनोद बस्नेत मनोनीत भएका छन् ।
घरेलु तथा साना उद्योग समितिमा विजय श्रेष्ठ, व्यापार मेला समितिमा मनोज विक्रम शाह, स्थल यातायात तथा पारवहन समितिमा मेघराज सिग्देल, भंसार समन्वय समितिमामा प्रविण जोशी र Start up & Innovation समितिमा यूनेश श्रेष्ठ चयन भएको भण्डारीले बताए ।