विराटानगर : राष्ट्रिय परीक्षा बोर्डले साउनको अन्तिम साता कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए ।
यस वर्ष कक्षा १२ मा चार लाख ६७ हजार ३८९ जना परीक्षार्थीले परीक्षा दिएका थिए ।