विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको कार्यालय बैठकले पाँच जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ ।
सोमबार विराटनगरमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुविर महासेठ, उपलब्ध स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको कैठकले पाँच जना नेतालाई प्रदेशमा मनोनीत गरेको हो ।
एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार मोरङका भुराज राई, इलामका सकुन्तला लेप्चा, इलामकै टिका घिमिरे, झापाका शुसील राई र सुनसरीका उमेश थापालाई प्रदेश कमिटीमा मनोनयन गरिएको हो ।
।
लामो समय पार्टीमा सक्रिय रहेर जिम्मेवारीविहीन रहेका पाँच जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको उनले बताए । यस्तै बैठकले प्रदेश कमिटीको प्रथम अधिवेशन असोज १२ र १३ गते विराटनगरमा गर्ने निर्णय गरेको छ ।