Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईको सोमबारेमा प्राइम बैंकको एटीएम सेवा विस्तार



विराटनगर : प्राइम कमर्सियल बैंकले मोरङको रतुवामाई नगरपालिकास्थित सोमबारे बजारमा एटीएम सेवा विस्तार गरेको छ ।

आइतबार रतुवामाई १० सोमबारे बजारमा रहेको बैंकको शाखामा विशेष कार्यक्रमका बीच प्राइम कमर्सियल बैंकले एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

रतुवामाई नगरपालिकाका मेयर नागेश्वर सिंह, वडा नम्बर १० का वडाअध्यक्ष भूलबहादुर कार्की, स्थानीय समाजसेवी दिनेश भट्टराई, पोष्ट बस्नेत, सुजित जैसवाल, बैंकका शाखा प्रमुख प्रकाश राजवंशी लगायतको उपस्थितिमा एटीएम बुथको उद्धाटन गरिएको थियो ।

एटीएम सेवाबाट सेवाग्राहीलाई बिदाको दिनमा समेत रकम निकाल्न सहज भएको शाखा प्रमुख राजवंशीले बताए । उनले भविष्यमा आधुनिक बैंकिङका यस्तै अन्य सेवासमेत थप गर्दै जाने र स्थानीय सेवाग्राहीलाई सुविधा पुर्याउने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार