Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सहिदभूमि गाउँपालिकाको बजेट पारित



धनकुटा : धनकुटाको सहिदभूमि गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । बिहीबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनले बजेत पारित गरेको हो ।

असार १० गते गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले प्रस्तुत गरेको ४५ करोड ६९ लाख बराबरको बजेट संसोधनसहित पारित भएको हो ।

गाउँपालिकाले गाँजा खेतीको अध्ययन अनुसन्धानका लागि बेजेट विनियोजन गरेको छ । गाउँपालिका अन्य क्षेत्रको तुलनमा बढी गाँजा खेती गरिन्छ ।

कार्यपालिका सदस्य सोम मगरले गाउँपालिकाको नीति तथा बजेटमा गाँजा खेती सम्बन्धि विषयलाई समावेश गर्न प्रस्ताव पेस गरेका थिए ।

गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखामा १ करोड ६२ लाख ५० हजार विनियोजन गरेको छ । यस्तै वडा तर्फ १ करोड ६२ लाख ५० हजार, सडकमा १ करोड ४५ लाख, संघिय सर्शत, विशेष र समपूरक अनुदान सञ्चालित योजनाहरु २३ करोड ३७ लाख १८ हजार, प्रदेश शर्सत र समपूरक अनुदानबाट सञ्चालित योजनाका लागि १ करोड ८८ लाख ८६ हजार, ह्युमन प्राक्टिससँगको साझेदारिमा विद्यालय पुर्वाधार निमार्णका लागि १ करोड ७९ लाख ५४ हजार ४ सय २६ रुपैया विनियोजन गरेको छ ।

वित्तियसमानीकरण अनुदान ८ करोड ५४ लाख, संघ सरकारबाट राजश्व वाँडफाड ७ करोड ६३ लाख ८७ हजार २ सय, प्रदेश सरकारबाट सवारी करको वाँडफाड २५ लाख ३ हजार, सर्शतअनुदान चालु र पुँजिगत २२ करोड १४ लाख १८ हजार, आन्तरिक राजश्व ७० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार