विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले चार पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार संस्थाले पत्रकार प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोष सिग्देल र रन्जिता पोखरेललाई पुरस्कुत गरेको हो ।
प्रधान तोरेन्द्र-इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित भएका हुन् । ५१ हजार पुरस्कार राशी रहेको यो पुरस्कार गत बर्षदेखि वितरण गर्न सुरु गरिएको हो । पहिलो बर्ष शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले यो पुरस्कार पाएका थिए ।
कट्टेलले ५० हजार राशीको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार, सिग्देलले २१ हजार राशीको मेम्बर चन्द्रलाल-दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार र पोखरेल १० हजार राशीको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।