Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चर्चामा धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’



विराटनगर : नेपालका दुई चर्चित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब चलचित्र “म त मर्छु कि क्या हो” यतिबेला चर्चामा छ ।

धुर्मुस सुन्तली नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त चलचित्र सार्वजनिक भएको १३ दिन भएको छ । यो अवधिमा २२ लाखभन्दा बढी दर्शकले फिल्म हेरिसकेका छन् ।

फिल्ममा सीताराम र कुञ्जना श्रीमान श्रीमती (धुर्मुस र सुन्तली) कै भूमिकामा छन् । फिल्मको कथावस्तु र निर्देशन पनि उनीहरुले नै तयार पारेका हुन् ।

फिल्मका अन्य कलाकारमा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, बलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमीला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापा छन् ।

फिल्म सुदीप बरालले छायांकन तथा मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

कोभिड महामारीको समयमा चितवन आसपास छायांकन गरिएको ‘म त मर्छु कि क्या हो’ फिल्म ओटीटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि युट्युबमा सार्वजनिक गरिएको हो ।

उनीहरुले आगामी दिनमा पनि दर्शकको रोजाई अनुरूपमा फिल्म निर्माण कार्य जारी रहने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार