विराटनगर : चर्चित गायक सुशान्त केसीको नयाँ गीत ‘सारङ्गी’ युट्युबको ट्रेन्डिङमा एक नम्बरमा आएको छ । तीन दिनअघि सार्वजनिक भएको उक्त गीत युट्युबको ट्रेन्डिङमा आएको हो ।
यो समाचार तयार पार्दासम्म ३० लाख ४० हजारले ‘सारङ्गी’ हेरिसकेका छन् ।
केसीले आफ्नै सुशान्त केसी नामक युट्युब च्यानलमा म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीत केसीकै शव्द, संगीत र स्वरमा तयार पारिएको हो ।
म्युजिक भिडियोमा केसीलाई अन्ना शर्माले साथ दिएकी छिन् ।