तस्बिर : सामाजिक सञ्जाल
विराटनगर : उदयपुरको ताप्ली गाउँपालिकाले आगामी आर्थिक वर्षमा वडामा बजेट नदिने भएको छ ।
सानो बजेटबाट वडामा सञ्चालन हुने टुक्रे योजनाको उपलब्धी नहुने भन्दै गाउँपालिकाले आर्थिक वर्ष २०८०८१ मा वडालाई बजेट नदिने भएको हो । ताप्लीमा ५ वडा छन् ।
गाउँपालिकाले असार १० गते ३६ करोड बराबरको वार्षिक बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार पालिकाले आर्थिक वर्षमा ठूला र प्रभावकारी योजनका लागि मात्रै बजेट खर्चने छ ।