काठमाडौँ : सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३० अर्ब नियोजन गरेको छ ।
सोमबार प्रतिनिधिसभामा आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले किसानलाई रासायनिक मलमा अनुदान दिन सरकारले ३० अर्ब छुट्याइएको बताए ।
रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमै आपूर्ति सुनिश्चित गरिने उनले बताए । मल आपूर्ति र वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाइने उनले बताए ।
स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारी लगानी काम अघि बढाइने उनले बताए ।
यस्तै सरकारले सरकारले निजी क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्रोत्साहन गर्ने भएको छ। संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्रोत्साहन गर्ने बताएका हुन्।
यस्तै, गैरआवासLय नेपालीको पुँजी, प्रविधि, अनुभव र सीपलाई राष्ट्रिय विकासमा प्राथमिकता दिने पनि उनले बताए।