Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले रतुवामाई १० को अध्यक्षमा निरौला र सचिवमा सुवेदी



विराटनगर : नेकपा एमाले रतुवामाई नगरपालिका १० नम्बर वडा कमिटीको अध्यक्षमा देवु निरौला निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सोमबारे बजारमा सम्पन्न दोस्रो वडा अधिवेशनले निरौलाको नेतृत्वमा सर्वसम्मत २१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

अध्यक्ष बनेका निरौला यसअघि वडा कमिटीको सचिव थिए ।
यस्तै कमिटीको सचिवमा समीर सुवेदी चयन भएका छन् । अधिवेशनले कमिटीको उपाध्यक्षमा अनिमा ओझा, सहसचिवमा इश्वर पाैडेल र देवीप्रसाद सुवेदीलाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार