Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बारामा अग्रता बढाउँदै उपेन्द्र यादव



काठमाडौं । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार यादवले नौ हजार ८७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन्। यादव र कुशवाहबीच प्रतिस्पर्धा छ। नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ११ सय ७४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार