Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसारमा रोक



काठमाडौं । आज रातीवाट उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ ।  बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न  आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ ।  आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार