Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पथरीमा एमालेद्वारा जेष्ठ नागरिकको सम्मान कार्यक्रम



पथरी : नेकपा एमालेका स्थाई कमिटी सदस्य गुरु बरालले जेष्ठ नागरिकहरु समाजको चौतारी वन्नु पर्ने वताएका छन् ।

विहिवार नेकपा एमाले पथरीशनिश्चरे ३ नम्वर वडा कमिटीले आयोजना गरेको जेष्ठ कम्युनिष्ट सम्मान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै बरालले जेष्ठ नागरिकको हौसलाले नै समाज अगाडि बाड्नु पर्ने तर्क थियो ।

वडामा रहेका ७० वर्ष माथिका जेष्ठ कम्युनिष्टलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा वोल्दै बरालले जेष्ठ नागरिकले खवरदारी गरेर समाज निर्माणका लागि योगदान गर्नु पर्ने बताए । ‘गल्ती कसैले गरेमा कान समाएर गल्ती सच्याउन र समाज निर्माणमा योगदान गर्ने अधिकार जेष्ठ नागरिकको भएको छ’ । ‘जेष्ठ नागरिकको संरक्षणका लागि नेकपा एमाले बाहेक अन्य दलले सोच्न पनि नसकेको बरालको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मिना उप्रेती, प्रदेश कमिटी सदस्य राजेश थापा, पुर्व राष्ट्रिय सभा सदस्य खेम नेपाली तथा सम्मानितका तर्फबाट चन्द्र दाहाल र कृष्ण कुँइकेलले सम्मान कार्यक्रम र नेकपा एमालेको ग्रासरुट अभियान बारे बाेलेका थिए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरका प्रमुख मोहन तुम्वापो,उपप्रमुख देवीमाया काफ्ले , नेकपा एमालेका काेशी प्रदेश कमिटी सदस्य दिलिप कुमार राई जिल्ला कमिटी सदस्य यमुना विष्ट वास्तोला र भगतचन्द्र थपलिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाका १सय जना जेष्ठ नागरिको सम्मान गरिएको थियो भने नेकपा एमाले संगठन निर्माणक्रममा ७ जनालाई विषेश सम्मान गरिएको थियो ।

भुमिगतकालमा पार्टी निर्माण क्रममा रहेर हाल पथरीशनिश्चरे वाहिर रहेका कृष्ण कुइँकेल,चन्द्र दाहाल,दिननाथ दंगाल,नेत्र कोइराला,गणेश पौडेल र जयनारायण निरौलालाई सम्मान गरिएको थियो । साविक पथरी गाविसको ५,६,७,र ८ नम्वर वडामा रहेर नेकपा एमालेको संगठन कार्यमा योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रम वडा कमिटी अध्यक्ष गणेश बाछनाको अध्यक्षतामा र सचिव अर्जुन काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार