Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इसेवाबाट लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको शुभ लक्ष्मी कोषमा भुक्तानी गर्न सकिने



काठमाडौं : लक्ष्मी क्यापिटल मार्केट नेपालकै प्रतिष्ठित लक्ष्मी बैंकको पूर्ण स्वामित्व रहेको कम्पनी हो र लक्ष्मी क्यापिटल सन २०११ देखीमर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ कार्यमा सकृय रहदै आएको छ ।

लक्ष्मी क्यापिटलले आफ्नो पहिलो close ended mutual fund scheme, Laxmi Value Fund सफलतापूर्वक सम्पन्न गरी अहिले Laxmi Equity Fund एबम् Laxmi Unnati Kosh ब्यबस्थापन गरिरहेको छ । साथै हाल उक्त क्यापिटलले आफ्नो पहिलो open ended scheme, शुभ लक्ष्मी कोषको ब्यबस्थापन गरिरहेको छ । यसवाहेक, लक्ष्मी क्यापिटलले Portfolio Management Services, Demat services, Issue management and Corporate advisory services जस्ता सेवाहरु पनि प्रदान गरिरहेको छ ।

लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभलक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना (SIP-Systematic Investment Plan) र युनिट खरीद दुबै इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । इसेवा एप तथा वेबपेजमा रहेको Financial Services भित्रगएर, Investment बटन छनोट गरी Laxmi Mutual Fundsf]SIP/Unit Purchase खरिद गर्न सकिने छ । SIP/Unit Purchase खरिद गर्न क्यापिटलमा दर्ता नभएका ग्राहकहरुलाई इसेवामार्फत नै रजिस्टर गर्न मिल्ने गरी सो सेवा उपलब्ध गराएको छ ।

साथै, इसेवा र इसेवा रेमिटले UKAIDSEP-सीप परीयोजनासँग को सहकार्यमा बैदेशिक रोजगारीमा आबद्ध नेपालीहरुलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत, बैदेशिक रोजगारमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सलाई सहज रुपमा लगानी गर्न शुभलक्ष्मी कोषको SIP/Unit Purchase उपयोगीहुने विश्वास गरिएको छ ।

विद्युतिय माध्यमबाट भुक्तानी सेवाहरु प्रदान गरिरहेको इसेवा माहाल ७० लाख प्रयोगकर्ता रहेका छन । यसैगरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवामा देशभर करिब १ लाख ८५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) आवद्ध रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट,Trade Management System-TMS को भुक्तानी, स्कुलकलेज लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार