Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चितवन २ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार



चितवन : चितवन क्षेत्र नं. २ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार हुने भएका छन् ।

एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला अध्यक्ष न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । न्यौपानले गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।

एमालेले चितवन क्षेत्र नं. ३ मा कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई सर्मथन गरेपछि न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले माथिबाट नै तानिदिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार