Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बुद्धिमान तामाङ भए राप्रपा संसदीय दलको उपनेता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ ।
शनिबार बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।
यस्तै राप्रपाले संसदीय दलको विधान पूरा गरेको उनले बताए । बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको उनले बताए ।
सरकारले संसदमा लैजाने तयारी गरेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धि विधेयक संशोधन गर्ने तयारी प्रति आपत्ति जनाएको छ । उनले राप्रपा अहिलेको विधेयकको विपक्षमा रहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार