Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्ववियु निर्वाचन : आज रातिबाट आचारसंहिता लागु हुने



विराटनगर : चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज राति १२ बजेबाट आचारसंहिता सुरु हुने भएको छ । चुनावी प्रचारप्रसार गर्न विद्यार्थी सङ्गठनहरुका लागि आज अन्तिम दिन हो ।

ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्पलेट एवं माइकिङ गर्न पाएका छैनन् ।

उम्मेदवारको प्रचारप्रसारका लागि सम्बन्धित क्याम्पसले एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउन नपाइने व्यवस्थासमेत गरिएको छ ।

स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार