Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बिहिबार बसेको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जसपा प्रचार विभागमा प्रमुख पूर्ण बस्नेतले यादवलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार