Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अब प्रदेश सरकार झन् सशक्तः यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आउँदा दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन् ।

शनिवार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अब अघि बढ्ने यादवले बताए ।

प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी उनले गरे । अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार