Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माधव नेपाललाई पत्र लेख्दै ओलीले भने – ‘सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग हुने विश्वास गर्दछु’



काठमाडौ । राष्ट्रपति निर्वाचनमा सहयोग गर्न अनुरोध गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई चिठी लेखेका छन्।
शनिबार राष्ट्रपति पदका लागि मनोनयनपछि अध्यक्ष ओलीले नेपाललाई औपचारिक रुपमा चिठी लेखेका हुन्।
एमालेले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई उठाएको छ। कांग्रेससहित आठ राजनीतिक दलले भने रामचन्द्र पौडेललाई राष्ट्रपति उठाएका छन्। नेपालको पार्टीले पौडेललाई सहयोग गर्ने निर्णय गरेको छ।
‘राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेशसभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनका लागि तपाईंको पार्टीका तर्फबाट सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग हुने विश्वाससाथ अनुरोध गर्दछु,’ ओलीले चिठीमा लेखेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार