Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उम्मेदवारको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको छ ।
अधिवक्ता लोकेन्द्रबहादुर ओलीले सोमबार सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाइ दर्ता भएको रिटको सुनुवाइ फागुन १२ गते शुक्रबारका लागि तोकिएको छ ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने एक लाख २३ हजार ६ सय ५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।
तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ५ गते जरिवाना माफी मिनाहा गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार