Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जीवन विकास लघुवित्तले लाभांश घटायो



काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले यो वर्ष लाभांश घटाएको छ । गत वर्ष ७३.६८ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीको गएको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को वित्तीय विवरणानुसार वितरणयोग्य मुनाफाबाट २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब तीन करोड रुपैयाँ छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार