Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा ठुलो डटकमको अनलाईन ब्यापार शुरु



विराटनगर : प्रदेश १ मा ठुलो डकटमले अनलाईन ब्यापार शुरु गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरी अनलाईन ब्यापार प्रवद्र्धन तथा बजारीकरणको काम शुरु गरेको हो ।

विराटनगरमा एक कार्यक्रमको आयोजना गरी ठुलो डटकमले प्रदेश १ मा औपचारिक रुपमा ब्यापार शुरु गरेको जनाएको छ । कम्पनीका सिइओ फाउण्डर सुरक्षा अधिकारीले ठुलो डटकम (ईकमर्श टेक्नोलोजी) विद्युतिय व्यापार प्रविधि कम्पनी भएको जानकारी दिइन् ।

उनले इतिहास बोकेको ठुलो डटकम २००५ साल देखि नै शुरु भएको र सन् २०१६ बाट देशभरी नै निरन्तर रुपमा साना मझौला तथा ठुला उद्योग ब्यवसायहरुलाई सुचना प्रविधिसँग आबद्ध गराउने काम गरेको बताइन् ।

ठुलो डटकमको प्रधानकार्यालय बागमती प्रदेशको ललितपुरमा रहेको छ । यस वर्षदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश न १, प्रदेश लघु उद्यम महासंघ नेपाल लगायत अन्य संघ संस्थाको सहकार्यमा प्रदेश न १ मा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धि कार्यक्रमहरु शुरु गरेको संस्थाले जनाएको छ ।

प्रदेश न १ भित्र विशेषगरी विराटनगर, झापा, इटहरी, उदयपुर, धनकुटा, तेह्रथुम र पथरीमा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धि तालिम संचालन गरेको प्रमुख कार्यकारी निर्देशक राजाराम नेपालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार