Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आन्दोलित यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता सुरु



काठमाडौं : सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु गरेकाे छ।

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ। वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित भएको छ।

विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए। उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए।

सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन्।

यातायात मजदुरले आज पनि सार्वनिक सवारी साधन सञ्चालनमा राेक लगाएका छन्। काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ।


उपत्यकामा सार्वजनिक यातायात ठप्प

प्रतिक्रिया
सम्बन्धित समाचार