Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री दाहाल र भारतीय विदेश सचिव बीच दुई देशको सहकार्यको विषयमा छलफल



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय विदेश सचिव विनयमोहन क्‍वात्राबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्री दाहाल र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशको सहकार्यको विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभीटी, कृषि, शिक्षा र सांस्कृतिका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार