Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्रीले प्रमुख सचेतकसँग छलफल गर्दै



काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।

आज बिहान ९ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख सचेतकलाई बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार