Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताेलामा ११ सय रुपैयाँ घट्यो सुनको मूल्य



काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन  एक लाख छ हजार चार सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार