विराटनगर : जिल्ला प्रहरी परिसर काठमाडौंले बोतल र जर्किनमा पेट्रोल बेच्न रोक लगाएको छ । पेट्रोल पम्पहरुले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेको पाइएको भन्दै प्रहरीले पम्प सञ्चालकहरुलाई खुल्ला रुपमा बिक्री गरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न सूचनामा उल्लेख गरिएको छ ।
‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ’ सूचनामा भनिएको छ ।
