Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० पुग्यो



काठमाडौं : सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० रूपैयाँ पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँ कायम गरिएको हो।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ।

महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो। गतवर्ष फागुन २५ गते प्रति तोला सुनको मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको  थियो।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलाको १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढे पनि चाँदीको मूल्‍य भने घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला चाँदीको मूल्य १३ सय ८० तोकिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार