Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शिल्पी थिएटरको मुक्त रंगमञ्च सलकपुरमा आज राजेश हमालले शिलान्यस गर्दै



विराटनगर । सुन्दरहरैचाको सलकपुरमा शिल्पी थिएटरले नाटयकला स्थापना गर्ने भएको छ ।
सुन्दरहरैंचा नगरपालिकाले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा पाँच विधालाई समेट्ने गरि नाट्यकेन्द्र स्थापना गरिने भएको हो ।

बुधबार (आज) अभिनेता राजेश हमालबाट मुक्त रंगमञ्चको शिलान्यस गर्ने शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले जानकारी दिएका छन् ।नाटकसँग गतिविधि, चित्रकला, कविता, संगित र चलचित्रसँग सम्बन्धित कार्यहरु गर्न सकिने निर्देशक घिमिरेले जानकारी दिएका छन् । मुक्त रंगमञ्च निर्माणका लागि २२ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ । यसका लागि शिल्पी थिएटरले सहयोगको अपेक्षा राखेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार