Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नवनियुक्त मन्त्री माेदी भन्छन्– ‘निजामती सेवा ऐन चाडै ल्याउँछु’



काठमाडौं । नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती ऐन छिट्टै ल्याउने बताएका छन् ।
मंगलबार पदभार ग्रहण गरेका मन्त्री मोदीले सरोकारवालाहरुसँग छलफल गरेर निजामती ऐन तत्काल ल्याउने बताएका हुन् । ‘निजामती सेवा ऐन नल्याउँदा धेरै समस्या भएको छ’, मन्त्री मोदीले भने, ‘म मेरै कार्यकालमा ल्याउने प्रतिबद्धता जनाउँछु ।’ सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनका लागि सकारात्मक सोच आवश्यक रहेको बताउँदै उनले कर्मचारीको अनुभवलाई सेवा प्रवाह सुधारमा लगाउने बताए ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासनको अनुभूति गराउनेमा केन्द्रित हुनुपर्ने बताउँदै मन्त्री मोदीले सङ्घीयतासँग जोडिएका समस्याहरू समाधानमा पनि आफू केन्द्रित हुने बताए । साथै सेवा प्रवाह सुधार र नीतिगत सुधारमा आफ्नो जोड रहने उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार