Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश



काठमाडौं : नेकपा एमाले त्यागेका घनश्याम भुसाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

नयाँ बानेश्वरकाे होटल अर्यालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै भुसालले एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरेका हुन्।

पार्टी प्रवेशको घोषणा गर्दै भुसालले ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा परेको बताएका छन्।

भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार