Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुनमा हुने



विराटनगर : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आगामी फागुनमा हुने भएको छ । बुधबार संगठनको केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गरेको हो ।

बैठकले अगामी फागुन २, ३ र ४ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिए । उनका अनुसार सम्मेलन र अधिवेशन नभएका तल्ला कमिटीहरुको अधिवेशन माघ १५ सम्म गरिसक्नु पर्ने निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार