विराटनगर : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो।
पौडेल सत्ता गठबन्धनको मूल घटक एमालेबाट नेतृत्व गर्दै प्रचण्ड सरकारमा सहभागी भएका हुन्।