काठमाडौं : प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन्।
गत ७ पुसमा भएको शपथ कार्यक्रममा राई र आले उपस्थित भएका थिएनन्। राई सुत्केरी भएर अस्पतालमा थिइन्। आले भने आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन्।
राईलाई नेपाली कांग्रेसले समानुपातिकबाट र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन्।