Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बैंकिङ समस्या समाधान गर्न प्रधामन्त्रीको ध्यानाकर्षण



विराटनगर : मोरङ व्यापार संघको प्रतिनिधिमण्डलले विद्यमान चर्को बैंक ब्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरूको तत्कालै समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

बिहीबार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरी समस्याबारे जानकारी गराएको हो ।

बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाहरूबाट उद्योगी व्यवसायी र आम सर्वसाधारणहरूमा उत्पन्न भएको असहज स्थितिबाट निकास दिन ध्यानाकर्षण गरिएको छ ।

प्रतिनिधिमण्डलमा संघका पूर्वअध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, संघका उपाध्यक्ष अनिलकुमार साह र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल प्रदेश नं. १ का अध्यक्ष एवं संघका सचिव सञ्जय कुमार श्रेष्ठ सहभागी थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले उद्योगीका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएको अध्यक्ष रिजालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार