काठमाडौँ : प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा भएको छ । बिहीबार एक कार्यक्रमका बीच साहले उक्त पार्टी घोषणा गरेका हुन् ।
पार्टीको केन्द्रीय कमिटी १५१ सदस्यीय बनाइएको छ । सातै प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरिएको साहको सचिवालयले जानकारी दिएको छ ।
लामो समय माओवादीमा सक्रिय रहेका साह नेकपा विभाजनपछि एमालेमा गएका थिए । तर, मंसिर ४ मा भएको प्रतिनिधिसभा/प्रदेशसभा चुनावमा उनी एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर रौतहट- ३ बाट निर्वाचित भएका हुन् ।