Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश-१ का ५ जना सांसदले मातृभाषामा शपथ लिने, शपथ ग्रहण साेमबार



विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण ले सोमबार दिउँसो साढे १ बजे हुने भएको छ । जसमध्ये पाँच जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । ९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।
पाँचथर १ (१) बाट निर्वाचित इन्द्रबहादुर आङ्बो, इलाम १ (१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जसपाको समानुपातिकबाट निर्वाचित निर्मला लिम्बूले लिम्बू भाषामा शपथ लिने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिने सांसदलाई तीन दिन अगाडि नै विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । जसमा पाँच जनाले मातृभाषामा शपथग्रहण गर्ने जानकारी गराएका थिए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सोमबार दिउँसो साढे १२ बजे शपथग्रहण गराउनेछन् । मण्डलले साढे १ बजे प्रदेशसभा भवनमा अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार