Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ ५ : संयुक्त घरदैलोमा एमाले-जसपाका उम्मेदवार



संयुक्त घरदैलोमा एमाले जसपाका उम्मेदवारहरु

विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ५ मा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का उमेदवारहरुले संयुक्त घरदैलो अभियान सुरु गरेका छन् ।

यो क्षेत्रमा एमाले जसपाको तालमेलबाट प्रतिनिधिसभामा जसपाका राजकुमार यादव र प्रदेश (१) मा सतोषकुमार साह उम्मेदवार छन् । प्रदेश (२) मा जसपाका जयराम यादव उम्मेदवार छन् ।

क्षेत्र नम्बर ५ मा एमाले-जसपाका उम्मेदवारहरुले संयुक्त चुनावी अभियान थालेका छन् । उम्मेदवारहरुले रंगेली नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ पुगेर मतदाताहरुसँग आफूहरुलाई मतदात गरी विजय गराउन आग्रह गरेका छन् ।

उनीहरु संयुक्तरुपमा कृष, पर्यटन, शिक्षा, रोजगारलगायतका एजेन्डा लिएर मतदाताको घरघरमा पुगिरहेका छन् । ।

प्रतिक्रिया
सम्बन्धित समाचार